बाराको मलेखगञ्जबाट पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा […]
नेपालमा जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु, ५९९ जना घाइते

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । २०८१/०८२ – नेपालमा पछिल्ला पाँच महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको श्रावणदेखि मंसिर महिनासम्म ५९९ जना घाइते भएका छन्, र २५६ जनाको उद्धार र उपचारमा प्रहरी सहयोगी रहेको छ। सर्वाधिक मृत्यु सर्पको टोकाइबाट भएको […]
नेपाली भूमि भारतीयले भोगचलन: सांसदहरूले गृहमन्त्रीसँग जवाफ मागे

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब ९ सय बिघा वनभूमि भारतीय नागरिकहरूले भोगचलन गरिरहेको विषयमा सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले गृहमन्त्री लेखकलाई कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको […]
भारतको श्रीनगरमा बन्धक बनाइएका १२० नेपाली मजदुरको कथा: ज्याला नदिई घर फर्काइयो

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरलाई भारतको श्रीनगरमा आठ महिनासम्म बन्धक बनाइ काममा लगाएर कुनै ज्याला नदिइ घर फर्काइएको छ। उनीहरूलाई एक छाक खान दिएर १२–१४ घण्टासम्म कठोर श्रममा लगाइएको, मोबाइल खोसेर परिवारसँग सम्पर्कविहीन बनाइएको, र ज्याला तथा […]
नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । नेपाल राष्ट्र बैंकले आज (२०७८ साल पौष २२) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको दर स्थिर रहेको छ भने युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, र डेनिस क्रोनरको दरमा वृद्धि भएको छ। यस्तै, क्यानेडियन […]
नेपालमा पहिलो पटक पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात तयारी

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । नेपालमा पहिलो पटक भारतको मोतिहारीबाट बारा अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी पूरा भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, संरचना निर्माण सम्पन्न भइसकेको छ र परीक्षणका विभिन्न चरणहरू जारी छन्। पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गरेपछि ढुवानी खर्चमा २.५ रुपैयाँको कमी आउने र […]
जनकपुरधाम रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने मधेश प्रदेश सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गर्नुभएको छ। जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप) को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयारको काम लगभग सकिएको जानकारी दिनुभयो। केही […]
भारतले अन्तरिक्षमा पठाएको बिउ चार दिनमै टुसायो

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनभित्र टुसा पलाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यस विषयमा विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। इसरोले सार्वजनिक गरेको तस्वीरमा काउलीको बिउमा टुसा पलाएको देख्न सकिन्छ, र चाँडै पात पलाउने अपेक्षा गरिएको छ। काउलीको यो बिउ इसरोले डिसेम्बर ३०, अर्थात् पुष १५ […]
संविधान परिमार्जनमा सुझाव दिन रास्वपाले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलले सातै प्रदेशमा छलफल गर्नेछ। साथै, सम्बन्धित साझेदार र संविधानविद्हरूसँग […]
प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। कमजोर ‘भिजीबिलिटी’ (दृश्यता) का कारण काठमाडौँ बाहिरका धेरैजसो विमानस्थलमा बिहानको उडान प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अनुसार उडान भइरहे पनि अन्य स्थानका विमानस्थलमा नियमित उडान हुन सकेन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा, […]