Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ७ गते ।

सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सप्तकोशी २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लेडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न गएका पुवेलको सोही क्रममा कर्माको रुखको हाँगा भाँचि रुखबाट भुईमा लडी घटनास्थलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

त्यहाँ बाख्रा चराउन गएका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *