काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । आज काठमाडौंमा दुई पक्षको प्रदर्शन भइरहेको छ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन हुन लागेको हो । राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । राजावादी समूहमा […]
प्रचण्डसहित शिर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँवाट जुलुस सुरू हुदैँ

सामाजिक फिडजनकपुरधाम समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार मोर्चामा आबद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् । जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा […]
सांसद विमलेन्द्र निधिको कटाक्ष: ‘साधुसन्तले भनेको भरमा राजतन्त्र फर्किँदैन’

सामाजिक फिडजनकपुरधाम नेपाल कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नै नभएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले देशी-विदेशी साधु-सन्तहरूको भनाइको आधारमा राजतन्त्र फर्किन्छ भन्ने सोच्नु गलत हुने बताएका छन्। निधिले संविधान निर्माणका क्रममा नेपालले विभिन्न चुनौतीहरू सामना गरिसकेको उल्लेख गर्दै अब फेरि राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, […]
कांग्रेसका प्रमुख सचेतकले मागे माफी

सामाजिक फिडजनकपुरधाम नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन् । केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचना पछि आज संसदमा क्षमा याचना गरेका हुन । जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन । उनलाइ सामाजिक […]
एसईईमा गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति गर्ने मुख्यमन्त्री सिंहको अडान

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए, मधेश प्रदेश सरकार परीक्षा प्रक्रियाबाट अलग हुने चेतावनी दिएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा आइतबार जारी विज्ञप्तिमा मुख्यमन्त्री सिंहले परीक्षा व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्नुपर्ने निर्देशन दिएको उल्लेख गरिएको छ। प्रदेश परीक्षा […]
नागरिक उन्मुक्ति पार्टीसहितका विचार मिल्नेसँग एकीकरण गर्न जनमतले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार तथा सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ । बर्दिबासमा दुईदिन चलेको जनमतको बैठकबाट अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरिएको हो । बैठकले केन्द्रीय सदस्यहरू तथा पर्यवेक्षकहरूको कार्यप्रगति मूल्याङ्कन गरी आगामी दिनमा उनीहरूलाई […]
जनकपुरमा आफ्नै घरमा बसेर यी मधेश सांसदहरु सरकारबाट लिन्छन् घरभाडा रकम

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । जनकपुरधाममै घर भएका मधेस प्रदेशसभाका सदस्यहरूले पनि घरभाडा बापत मासिक रूपमा रकम लिने गरेका छन् । नेपाली कांग्रेसका धनुषा–३ (१) का सांसद रामसरोज यादवको घर प्रदेशसभा भवनबाट डेढ किलोमिटरभन्दा कम दूरीमा रहेर पनि उनले मासिक १५ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।उनी जस्तै नेकपा एमालेका संसदीय दलका […]
प्रचण्ड बालेनको पुर्ख्यौली घरमा पुगेर भने- ‘रमाइलो महसुस भयो’

सामाजिक फीड-जाकपुरधाम, फागुन २२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तराई–मधेश जागरण अभियान अन्तर्गत महोत्तरी पुगेका छन्। अभियानकै क्रममा उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पुर्ख्यौली घरमा समेत पुगेका छन्। महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेनको पुर्ख्यौली घरमा आयोजित स्वागत कार्यक्रममा प्रचण्ड सहभागी भए। कार्यक्रममा बोल्दै उनले उक्त स्थानमा आउँदा रमाइलो महसुस […]
मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

सामाजिक फीड-जनकपुरधाम, फागुन २१ गते । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा बसेको विश्वविद्यालय सभाले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनको आधारमा उनीहरू विश्वविद्यालयका […]
पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे ।कहिले काङ्ग्रेस र कहिले एमालेसँग […]