प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती : ओली

सामाजिक फीड– जनकपुरधाम, जेठ २० गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिएका हुन। नेपालले कसैको एकइन्च जमिन पनि नमिचेको […]
समर्थन फिर्ता लिने चेतावनीपछि झुके मुख्यमन्त्री यादव, नेकपालाई अर्थ मन्त्रालय दिएर आज मन्त्त्रीपरिषद विस्तार गर्दै

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बार्गेनिङले ढिलाइ भएको मन्त्रीपरिषद विस्तार आज हुने भएको छ । सत्तारुढ तीन दलबीच भएको सहमति कार्यन्वयन र नेकपालाई अर्थ सहितको मन्त्रालय दिने सहमति पछि आज मन्त्रीपरिषद विस्तार हुन लागेको हो । तीनदलबीच सोमबार भएको १३ बुंदे सहमतिमा हस्ताक्षरपछि आज दिउँसो २ बजे एमालेबाट […]
गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई उनले गरे यस्तो आग्रह

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। यसबारे उनले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराइसकेका छन्। हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा रहेको छ। […]
मधेशमा एमाले सहितको तीनदलीय गठबन्धनको सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिन लागेका छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी […]
जिवनाथ चौधरीलाई सर्वोच्चको झड्का, भ्रष्टाचार मुद्दामा विचाराधीन रहेकाले उनी सरकारको सल्लाहकार बन्न नमिल्ने

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । भ्रष्टाचार मुद्दामा विचाराधीन रहेका वा दोषी ठहर भइसकेका व्यक्तिलाई सल्लाहकार नियुक्त गर्न नपाइने व्यवस्था गर्न सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेपछि परेको रिटमाथि […]
नयाँको नाममा सबै परम्परा भत्काउन खोजेपछि आफ्नै सरकारप्रति अमरेश सिंहको आपत्ति

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै कडा आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा तोड्ने नाममा संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको आरोप लगाए। संसदीय व्यवस्थामा बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री […]
मधेशमा जसपाको संसदीय दलको नेता को बन्ने विषयमा विवाद चर्कियो, यी हुन् प्रमुख दाबेदारहरु
सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो । तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको […]
प्रधानन्यायाधीश नियुक्तिमा हर्कराज राईको आपत्ति,उपसभामुखप्रति पनि असन्तुष्ट

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउने प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति समेत खेद व्यक्त गरेका हुन्। राईले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। “गलत कार्यलाई […]
मधेशमा नयाँ सरकार गठनको तयारी सुरु, जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीभित्र विवाद

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो । सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव […]
सरकारले संसद छलेर किन ल्याएको अध्यादेश ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख १० गते । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद् छलेर दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदले वैशाख ८ गते गरेको सिफारिस अनुसार राष्ट्रपति […]