Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २६  गते ।

मधेश प्रदेशका अधिकांस जिल्लाहरुमा अधिवेशन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रदेश अधिवेशन सुरु भएको छ । आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ। यस लगतै मधेश सहित अरु प्रदेशका अधिवेशन समेत गर्ने तयारी छ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्रै अहिलेसम्म अधिवेशन सम्पन्न हुन सकेको छ ।

विवाद चर्किपछि बाँकी सबै जिल्लाको अधिवेशन स्थगित गरिएको छ ।रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा अझै अधिवेशन हुन बाँकी छ । रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै आजबाट प्रदेश अधिवेशन सुरु हुँदै छ ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार हालसम्म सम्पन्न भएका ५६ जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशनमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको छ । पार्टी नेतृत्वले तल्लो तहबाट नेतृत्व चयन गर्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको महìवपूर्ण आधारका रूपमा व्याख्या गर्दै सङ्गठन निर्माणमा सदस्यहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको जनाएको छ ।

रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ । पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *