Samajik Feed – Nepali News Portal

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश […]

गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

सामाजिक फीडजनकपुरधाम , जेष्ठ ६ गते । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो। तीनै जनाको पहिचान समेत खुलेको छ। आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र […]

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

सामाजिक फीड, पर्सा, ४ जेठ । आफ्नै बच्चाको हत्या गरेको आरोपमा पर्साको वीरगञ्जबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची […]

खेतको सीमा सम्बन्धी विवाद हुँदा कोदालो प्रहार गरी हत्या

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । बिहीबार बिहान अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनीहरूबीच धेरै पहिलेदेखि जग्गा सम्बन्धी विवाद रहेछ। उनी र स्थानीय बचाई महतोबीच खेतको सीमा सम्बन्धी लामो सयमदेखि विवाद थियो। बुधराम खरको भाग लगाउन केही मान्छेसहित ट्याक्टर लिएर […]

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ। यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए। यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि […]

विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा वीरगंजका मेयर

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । सोमबार वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयमा पुगेर मेयर राजेशमान सिंहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन्। कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । “यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको […]

जितपुर सिमरा -३ का वडा अध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर

सामाजिक फीडजनकपुरधाम, बैशाख २८ गते । बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन । सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात जितपुर सिमरा उपमहानगरपालिका( ३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन । बिहीबार कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो। २०८० पुष २ गते हेटौंडास्थित अख्तियार टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका(३ का वडाध्यक्ष […]

रौतहटमा रक्सी खाएर आफ्नै घरमा आगो लगाउने एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम , बैशाख २६ गते । रौतहटमा आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा […]

बारामा कारको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु, दुईजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, वैशाख २६ गते । बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका–५ नौतन बहुर्अरीस्थित सडकमा दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट स्थानीय ऋषि मुनि साहकी छोरी ६ वर्षीय प्रीति कुमारी साहको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते […]

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको छ । धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  […]

error: Content is protected !!