जनकपुरधामआइपुगे मिथिला माध्यमिकी परिक्रमा

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । जनकपुरधाम मिथिला क्षेत्रको धार्मिक आस्थासँग जोडिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ। परिक्रमामा सहभागी साधु-सन्त, श्रद्धालु तथा भक्तजनहरू बाजागाजासहित नगर प्रवेश गरेका छन्। विभिन्न स्थानबाट पैदल यात्रा गर्दै आएका भक्तजनलाई जनकपुरधाममा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। परिक्रमाको क्रममा सहभागीहरू विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको दर्शन गर्दै अघि बढ्ने परम्परा […]
पहाडी क्षेत्रमा आज, मधेसमा भोलि होली

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । रङहरूको पर्व होली आज देशका पहाडी तथा हिमाली जिल्लामा धूमधामका साथ मनाइँदै छ भने भोलि तराई–मधेसका जिल्लामा मनाइने भएको छ। फागु पूर्णिमाको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ भने मधेसका जिल्लामा भोलि बिदा रहनेछ। जनकपुरधाम क्षेत्रमा अन्तगृह परिक्रमा सम्पन्न भएपछि बुधबार होली मनाइने छ । प्रत्येक […]
चुनावका कारण जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा स्थगित गर्ने जनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार २१ फागुनमा हुने निर्वाचनका अवसरमा शान्ति-सुरक्षा सुनिश्चित गर्न १९ फागुनदेखि २१ फागुन (बिहीबार)सम्म भंगाहा-जनकपुर–जयनगर रेल सेवा बन्द रहनेछ। […]
धनुषामा गोली दागेर हत्या भएको युवतीको अझै खुलेन पहिचान

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । धनुषामा गोली हानी हत्या गरिएकी अन्दाजी २५ वर्षीया युवतीको तीन सातासम्म पनि पहिचान खुल्न सकेको छैन । गत माघ २३ गते बिहान औरही गाउँपालिका-१ पौडेसर स्थित सडक छेउमा उनको शव फेला परेको थियो । धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुवरका अनुसार युवतीको बायाँ कानमाथि गोली प्रहार गरी हत्या गरिएको […]
मधेस प्रदेशमा चुनावअघि हातहतियार संकलन सुस्त, २ हजारभन्दा बढी अझै बाँकी

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरे पनि मधेस प्रदेशमा अधिकांश हतियारधनीले अझै बुझाएका छैनन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशभर रहेका २ हजार ५३१ इजाजत प्राप्त हातहतियारमध्ये हालसम्म ४८१ वटा मात्र बुझाइएका छन् भने २ […]
सिरहाको डकैती प्रकरणमा एक भारतीयसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हाकट्टीमा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार उनीहरूको साथबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो […]
मिथिला मध्यमा परिक्रमा आज कञ्चनवन पुग्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला बिहारीको डोलासहित परिक्रमा यात्रीहरू आज महोत्तरीको कञ्चनवन पुग्दै छ । ध्रुवकुण्डबाट निस्केको डोला आज कञ्चनवन पुगेपछि परम्पराअनुसार श्रद्धालुहरूले एकअर्कालाई रंग-अबिर दलेर होली पर्व मनाउने छन् । धार्मिक विश्वासअनुसार त्रेता युगमा भगवान राम र सीताले कञ्चनवनमै होली खेलेको सम्झनामा प्रत्येक वर्ष परिक्रमा डोला यहाँ पुगेपछि […]
रौतहटमा भएको घटनाको अनुगमन गर्न मानव अधिकारको टोली प्रस्थान

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटमा दुई समुदाय बिच उत्पन्न भएको परिस्थितिमा मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले यस घटनाको अनुगमन गर्न एक टोली आजै गौरतर्फ पठाएको छ । आयोगले सदियौं देखी सामाजिक सद्भाव कायम रहँदै आएका विभिन्न जात, धर्म, संस्कृती र सम्प्रदाय बिचमा पछिल्ला दिनहरुमा बढ्दै गएका तनावपूर्ण कृयाकलापहरुले मानव अधिकारका […]
रौतहटमा हिन्दु-मुस्लिम विवाद चर्कियो : जनमतका जिल्ला इन्चार्ज र वडा अध्यक्षसहित २३ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्काउन भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका-६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय का डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार जम्सेद र शाहसहित कर्फ्यू उल्लङ्घन गरेको आरोपमा थप २१ […]
रौतहटमा आज पनि कर्फ्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटमा भएको सामुदायिक द्वन्द पछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्युलाई निरन्तरता दिएको छ । आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्युलाई केही खुकुलो गरिए पनि अहिले पुनस् निरन्तरता दिइएको हो ।प्रमुख जिल्ला अधिकारी दिनेशसागर […]