सामाजिक फीड–
जनकपुरधाम, साउन १ गते ।
सरकारले सरकारी सेवाबाट अवकाशपछि निवृत्तिभरण ९पेन्सन० वा उपदान लिइरहेका कर्मचारीलाई अब करारमा काम गर्न नदिने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायलाई परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि सरकारी सेवाबाट अवकाश प्राप्त गरी निवृत्तिभरण वा उपदान लिइरहेका करारका कर्मचारीको सेवा निरन्तरता नगर्न निर्देशन दिएका छन्।
शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर रहेको परिपत्रमा पेन्सन लिँदै करारमा कार्यरत कर्मचारीलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय कार्यान्वयन गर्न भनिएको छ।
यस्तै, हाल करारमा कार्यरत भए पनि निवृत्तिभरण वा उपदान नपाउने कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौतामार्फत ‘पुल’मा राखिने उल्लेख गरिएको छ। त्यस्ता कर्मचारीको एकीकृत विवरण भने मन्त्रालयले अद्यावधिक गर्नेछ।