Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २१ गते ।

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विदेह नगरपालिका–२ दुहबीमा सोमवार राति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा ढोका बन्द गर्ने क्रममा फलामे गेटमा करेन्ट प्रवाह भई पण्डित गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदैगर्दा बाटोमै मृत्यु भएको थियो ।

उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याउँदा त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार पण्डित जन्मजात अपाङ्गता भएका व्यक्ति थिए ।

घरमा बिजुलीको तार कटेर गेटमा करेन्ट प्रवाह भएको कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । स्थानीयहरूका अनुसार हरि पण्डित बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउँदै आएका थिए । उनको परिवारमा एक छोरा र एक छोरी रहेका छन् ।

छोरा विदेशमा छन् भने छोरी विवाह भई ससुरालीमा बस्छिन् । श्रीमती भने श्रीमानको निधनको समाचार सुनेपछि अचेत अवस्थामा रहेको परिवारजनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *