Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २ गते ।

धनुषाको नेपाली कांग्रेस सभापति योगेन्द्र पंजियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले असोज ३१ गते जिल्ला सभापति ६२ वर्षीय पंजियार र उनका छोरासहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने सुशिल कुमार चौधरीले दिएको ज्यानमार्ने उद्योग मुद्दामा जाहेरी दिएकोमा क्षिरेश्वर ५ बस्ने सभापति पंजियार, उनका छोरा ३५ वर्षीय अमर पंजियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादव विरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *