Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज २९ गते ।

महोत्तरी प्रहरीले गौशालाको विभिन्न दुई स्थानमा जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले एक ठाउँबाट तीन जना र एक ठाउँबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका १२ बस्ने ४२ वर्षीय सुरेन्द्र सिंह, ४२ वर्षीय राजेश्वर सिंह कुशवाहा, ३७ वर्षीय मकेश्वर सिंह कुशवाहा, औरही नगरपालिका ४ बस्ने २५ वर्षीय अनिल सहनी र भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत हरिबेला बस्ने ४० वर्षीय बेचन महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार गौशाला–११, लक्ष्मिनिया स्थित पानी ट्याङ्कीको भवनमा जुवा तथा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले नेपाली रुपैयाँ ३९ हजार ११० र भारतीय रुपैयाँ ६ सयसहित गौशाला–१२ का तीन जनालाई पक्राउ गरेको हो ।

यस्तै, गौशाला–८ बेलगाछी स्थित उखु खेतमा जुवा तथा तास भइरहेकोमा त्यहाँबाट नेपाली रुपैयाँ ८७ हजार ५९० र भारतीय रुपैयाँ ५ हजार २० सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *