Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक गते ।

सर्लाहीमा प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र ३० वर्षीय लोजा बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कौडेना गाउँपालिका–२, फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले मङ्गलबार बिहान करिब १० बजे सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा ५ किलो ३०० ग्राम गाँजा फेला परेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *