समाजिक फीड-
जनकपुरधाम, असोज ९ गते ।
जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशको कारागार तथा बालसुधार गृहबाट भागेका ४६२ जना कैदी पक्राउ परेका छन्।
मधेसमा रहेको विभिन्न कारागारबाट कारागार तोडेर भागेका मध्येबाट हालसम्म ४४१ जना कैदी र बालसुधार गृहबाट भागेकामध्ये २१ जना बाल कैदी पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।
आन्दोलनको क्रममा कारागारबाट १ हजार ४४ जना र बालसुधार गृहबाट ६७ जना गरी १ हजार १११ जना कैदी भागेकोमा विभिन्न स्थानबाट हालसम्म कारागारबाट भागेका ४४१ जनालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले जानकारी दिए ।
कारागारबाट भागेका मध्ये ६०३ जना अझै र बालसुधार गृहबाट भागेका मध्ये ४६ जना बालकैदी अझै पक्राउ पर्न बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिए।
यस्तै, प्रहरी अनुसन्धानको क्रममा विभिन्न हिरासतबाट २९ जना आरोपित फरार भएकोमा हालसम्म १ जना मात्र पक्राउ परेका छन्। फरार रहेका २८ जना आरोपितको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।