Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज १७ गते ।

महोत्तरीमा काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारामा भएको उक्त बस दुर्घटनामा थप २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

तीमध्ये ५ जनाको अवस्था गम्भीर छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए।

दुर्घनामा घाइते भएका सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *