Samajik Feed – News Portal from Nepal

समान्य बन्दैछ मधेशको जनजिवन, कुन जिल्लाको अवस्था कस्तो ?

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि प्रभावित जिल्लाहरुमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सोमबार शान्तिपूर्ण आन्दोलन भए पनि मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारका प्रशासनिक भवनमा तोडफोड र आगजनी भएपछि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा हटाउँदै स्थानीय प्रशासनले सेवा पुनः सुरु गरेका छन्। धनुषा र […]

फर्किन थाले जलेश्वर जेलबाट भागेका कैदीबन्दी, कतिजना अझै फरार छन ?

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ भागेका कैदीबन्दीहरू स्वस्फूर्त रूपमा कारागार फर्किन थालेका छन्। आन्दोलनको परिस्थिती असमान्य भएपछि ५७६ जनामध्ये एक बाहेक सबै कैदी फरार भएका थिए। तीमध्ये बुधबार दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रूपमा कारागार फर्किसकेको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए। कारागार प्रशासनले मंगलबार […]

रौतहटको गौर कारागारबाट भारतर्फ भाग्दै गरेका १७ जना पक्राउ, २१२ जना अझै फरार

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । रौतहटको गौर कारागारबाट भागेका थप १७ जना कैदिबन्दी पक्राउ परेका छन । मंगलबार राति सामूहिक रूपमा भागिरहेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको हो । उनीहरु सबैजना भारतर्फ भाग्ने प्रयास गर्दै थिए । सीमावर्ती बैरगनिया प्रहरीले समन्वय गरेर उनीहरूलाई पुनः गौर कारागारमा ल्याइएको […]

वीरगञ्जमा कांग्रेसका क्षेत्रीय सभापतिको ठाउँमा परीक्षा दिइरहेका उनका छोरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । पर्साको वीरगन्जमा बुवाको ठाउँमा परीक्षा दिइरहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिँदै गरेको अवस्थामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा २५ वर्षीय महमद अफताबलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका–३ छपकैयाका […]

मधेश प्रदेशभर दिवंगत पुर्खालाई सम्झेर तर्पण गरियो, यस्तो छ महत्व

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । मधेश प्रदेशका विभिन्न ठाउँमा दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरिएको छ । भाद्र पूर्णिमाको अवसरमा आइतबार मिथिलाञ्चलका विभिन्न ठाउँमा दिवंगत पुर्खालाई सम्झेर तर्पण हो । जनकपुरधामको गंगासागर पोखरीमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो। श्रद्धालुहरू काँक्रो, अक्षता र फूलमाला बोकेर आएका थिए। उनीहरूले पोखरीमा स्नान […]

आज मोहम्मद जयन्ती मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जनकपुरधामसहित देशभर जन्मजयन्ती मनाउँदैछन्।इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाहु अलै वसल्लामको जन्मदिन मानिन्छ ।इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।पर्वका अवसरमा मुस्लिम बस्तीमा […]

फेसबुकको वेब संस्करण बन्द

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । नेपालमा फेसबुकको वेब संस्करण बन्द भएको छ । बिहीवार रातिदेखि फेसबुकको युआरएल बन्द गरिएको हो । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको इन्टरनेट […]

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुरधाम । मधेश प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । बिहीबार गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । फाएजा फहमीदाफाएजा फहमीदा […]

मधेशमा साक्षरता दर सबैभन्दा कम, कसरी थाहा पाउने को साक्षर छन वा छैनन् ?

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । जनकपुरधाम मधेश प्रदेशको साक्षरता दर हेर्दा यहाँको शैक्षिक अवस्था दयनीय रहेको देखिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदन अनुसार मधेश प्रदेशमा सबैभन्दा कम साक्षरता दर देखिएको हो । यहाँ ६३.५ प्रतिशत व्यक्ति मात्रै साक्षर छन । यो दर सातवटै प्रदेशमध्ये न्यून हो । साक्षरताका १२ वटा सूचक […]

खानेपानी मन्त्री यादवलाई धम्की दिइएको भनिएको किरण साहको अर्को अडियो पनि बाहिरियो

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको भन्दै पक्राउ गरिएको किरण साहको अर्को अडियो सार्वजनिक भएको छ।वीरगञ्ज टिभीमार्फत बाहिर आएको उक्त अडियो भोजपुरी भाषामा रेकर्ड गरिएको हो । उक्त अडियोमा साहले अडियो सार्वजनिक गर्ने व्यक्तिसँग संवाद गरिरहेकी सुन्न सकिन्छ। तर, त्यसमा अर्का व्यक्तिको आवाज भने समावेश छैन। अडियोको सुरुवातमा […]