सामाजिक फीड-
जनकपुरधाम, मंसिर १० गते ।
सीताराम विवाहपञ्चमी महोत्सवमा सरसफाइ गरेको भन्दै २१ जना सफाइकर्मी सम्मानित भएका छन् । विवाह पञ्चमीको अन्तिम दिन आज जनकपुरधामस्थित जानकी मन्दिरले पहिलो पटक २१ जना सरसफाइकर्मीलाई विशेष सम्मान प्रदान गरेको हो ।
मन्दिर परिसरमा निर्माण गरिएको विवाहमञ्चमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सरसफाइमा निरन्तर खटिनेमध्ये २१ जनालाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले सरसफाइकर्मीको योगदानलाई प्रेरणादायी भन्दै आगामी वर्षहरूमा पनि यस्ता सम्मान कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।
पहिलो पटक सार्वजनिक रूपमा सम्मानित भएका सरसफाइकर्मीहरूले आफूहरूले पहिलो पटक सम्मानित हुँदा खुसी व्यक्त गरे।