Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।

सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ जनकपुरधाम । सवारीसाधनको दुरुपयोग बढेपछि रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ ।

सोमबार चेकजाँचको पहिलो दिन शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।   कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीले जानकारी दिए।

प्रहरी उपरीक्षक कार्कीले सवारी साधनका कागजात, प्रयोगको अवस्था तथा अन्य शङ्कास्पद पक्षबारे अनुसन्धान अघि बढाएको बताए । उनले प्रहरीले पछिल्लो समय रौतहटमा चोरीको सवारी साधन बढ्दै गएको विशेष सूचनाको आधारमा र नजिकिदै गरेको प्रतिनिधिसभाको चुनावलाई समेत लक्षित गरेर चेकजाँच अभियान चलाएको बताए ।

भारतसँग सीमा जोडिएको कारण धेरै भारतीय गाडी नेपाल प्रवेश गरेपनि फिर्ता नजाने अनि तीनै गाडीहरू लागूऔषध ओसारपसार लगायतको गैरकानुनी काममा प्रयोग हुँदै आएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *