Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १४ गते ।

बारामा एकै परिवारका आमा छोराको हत्या भएको घटनामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।

बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी बाराको परवानीपुर गाउँपालिका १ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए ।

यस्तै, आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

प्रहरीले यस हत्याको घटनामा संलग्न रहेको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका ती युवक माघ १२ गते मात्रै दुबईबाट नेपाल आएको पाइएको अनुसन्धानमा खटेका एक प्रहरी अधिकृतले बताए ।

दुबईबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । प्रहरीले बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका गरेको छ ।

विदेशबाट आएका युवकको ‘बुहारीसँग विवाहत्तेर सम्बन्ध रहेको बुझिएको छ । यसबारे परिवारमा थाहा पाएर किचकिच भएपछि योजनाबद्ध रुपमा हत्या गरेको जस्तो देखिएको र बाँकी कुरा अनुसन्धानबाट पुष्टि हुने अनुसन्धान अधिकृत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *