Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २६ गते ।

रौतहटमा ट्रक र कार ठोक्किएर एकजना वृद्धाको मृत्यु भएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व(पश्चिम राजमार्गमा आज बिहान बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अन्दाजी ८०-९० वर्ष उमेरका एक वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा बारा, निजगढका २५-३० वर्ष उमेरका दिनेश थपलिया र चन्द्रपुर( ६ का २० वर्षीय डोरमणि सापकोटा पनि घाइते भएका छन् । दुबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटनापछि ट्रक र कार चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *