सामाजिक फीड-
जनकपुरधाम, मंसिर १२ गते ।
बाराको प्रसौनी गाउँपालिका-६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ। उद्योगमा काम गर्दै आएका रामकिशोर सिंह मृतावस्थामा फेला परेका हुन्। उनको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
४२ वर्षीय सिंह सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी निवासी हुन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे जानकारी बिहान करिब ८ बजे मात्र प्राप्त भएको हो।
प्रवक्ता विजय पण्डितले सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र उनलाई घाँटी रेटिएको अवस्थामा भेटिएको बताए। घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको पनि उनले जानकारी दिए।