धनुषामा चिर्पट प्रहार गरी एकजनाको हत्या
सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । धनुषामा नातामा भिनाजु पर्ने एक भारतीय नागरिकको चिर्पट प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंह छन् । उनलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मिनिया गाउँपालिका ७ लक्ष्मिनिया बजारमा काम गरी […]
मोनाष्टिक स्कुललाई सिङ्गापुरमा ‘बेस्ट स्कुल अवार्ड–२०२३’
सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । मोनाष्टिक स्कूल/कलेज जनकपुरलाई अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड–२०२३’ प्रदान गरिएको छ । विगत ३७ वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट याेगदान दिँदै आइरहेको मोनाष्टिक स्कूल/कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप ‘बेस्ट स्कुल अवार्ड-२०२३’ प्रदान गरिएको हो ।एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा […]
धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ सखुवा महेन्द्रनगर बस्ने ५१ वर्षीय बिसुनदेव सदा मुसहर छन् । फरार रहेका उनलाई २१ वर्षपछि पक्राउ गरी कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]
जनकपुरको सुरक्षा अस्पतालमा ताला लगाइयो, उठ्यो महिलाको लास
सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । जनकपुरको सुरक्षा अस्पतालमा एक महिलाको मृत्युपछि तालाबन्दी गरिएको छ । आज दिउँसो जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकहरु फरार भएका थिए । त्यसपछि आफन्तजनले निरन्त पाँच घण्टा लास गेटमा राखेर प्रदर्शन गरेका थिए । त्यस अस्पतालमा रहेका अन्य बिरामीलाई अन्यत्र सारेर ताला […]
एक ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ
सामाजिक फीड-दाङ, साउन ५ गते । दाङमा एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ। ७३ वर्षौया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको हो। […]
बिडी नदिएको झोकमा मागि खाने व्यक्तिको हत्या, युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते सप्तरीमा एक युवकले किडी नदिएको झोकमा मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ ।सप्तरी कंचनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको थियो । उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो […]
राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । धनुषाको रमदैयाभवाडी स्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मो.नसिव छन् । १४ फागुनमा मन्दिरबाट गरगहनासहित रुपैयाँपैसा चोरी भएको थियो । उनीविरु धनुषा जिल्ला अदालतमा डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा चलिरहेको छ […]
जनकपुरमा नक्कली पेस्तोल देखाएर डराउँदै हिड्ने दुई किशोर पक्राउ
सामाजिक फीड-जनकपुरधाम,साउन १ गते । जनकपुरमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई किशोर पक्राउ परेका छन् । सोमबार दिउँसो करिब २ बजेको समयमा जनकपुरधामको महाविर चोक स्थितमा मोटरसाइकलमा सवार दुईजनाले हातबाट पेस्तोल देखाई स्थानीय मानिसहरुमा डर त्रास फैलाउँदै हिँडिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार पक्राउ […]
जनकपुरमा मिटरब्याज पीडितहरुको खुसियाली र्याली
सामाजिक फीड-जनकपुरधाम, साउन १ गते । मिटरब्याज पीडितहरुले जनकपुरमा सोमबार खुसीयालीमा र्याली गरेका छन् । अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले जनकपुरमा र्याली गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा उनीहरुले र्याली निकाल्दै सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका हुन् । जनकपुरको बाह्रविघा मैदानबाट […]
जनकपुरमा ५ लाख घुससहित पक्राउ परेका मालपोतका हाकिम झा दोषी ठहर
सामाजिक फीड-जनकपुरधाम, असार ३० गते । विशेष अदालतले मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झालाई भ्रष्टाचारी ठहर गरेको छ । २८ चैत २०७८ मा उनलाई जनकपुरको भानुचोकमा अख्तियारको टोलिले सेवाग्राहीबाट लिइरहेको ५ लाख घुससहित पक्राउ गरेको थियो ।विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो […]