Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१२ गते जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाले हनुमान चलचित्र मन्दिरदेखि जिल्ला अदालतसम्म जाने सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएका घरटहरा र पार्किंग भत्काएको छ।

मंगलबार नगर प्रहरीले मोडल मल्टिपल कलेजले सडक अतिक्रमण गरी बनाएको घेराबार, घरटहरा र पार्किंग संरचनाहरू हटाएको हो। जनकपुरधाम–४ स्थित उक्त कलेजले सडक कब्जा गरेर बनाएको पार्किंग स्थल हटाउन उपमहानगरपालिकाले सूचना जारी गरेको थियो।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार कर्णले यस विषयमा सार्वजनिक पत्र काट्दै अतिक्रमित संरचनाहरू तत्काल हटाउन निर्देशन दिएका थिए। सोही अनुसार नगर प्रहरीले सडकलाई अतिक्रमणमुक्त बनाएको हो।

नागरिक समाजले लामो समयदेखि अतिक्रमण हटाउनका लागि आवाज उठाउँदै आएको यो सार्वजनिक बाटो अब पूर्ण रूपमा खाली गराइएको छ। नगरपालिकाले भविष्यमा यस्ता अतिक्रमण रोक्न थप कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!