सामाजिक फीड ,जनकपुरधाम
मङ्सिर १०
विगत एक हप्ताभन्दा बढी समयदेखि बन्द रहेका जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि सञ्चालन हुने भएका छन्।जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा सोमबार बसेको वृहत् बैठकले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने सहमति गरेको हो। संघका सचिव नरेन्द्र बिक्रम साहका अनुसार छात्रवृत्तिको विषयलाई समाधान गर्न एक महिनाभित्र समिति गठन गर्ने निर्णय भएको छ।सचिव साहले जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा सम्बन्धी कार्यविधि बनाउन ७ वा ९ सदस्यीय समिति गठन गरिने र ३० दिनभित्र कार्यविधि निर्माण गरिने सहमति भएको बताए। समितिमा नीजि विद्यालयका संगठन, विद्यार्थी संगठन, जनकपुरधाम उपमहानगरपालिका, र नागरिक समाजका प्रतिनिधिहरू रहनेछन्।नीजि विद्यालयका संगठन हिसान, एनप्याब्सन, प्याब्सन, एमप्याब्सन, र नेपाल प्याब्सनले छात्रवृत्ति, शैक्षिक नीति, र अन्य मुद्दामा दबाब दिनका लागि एक हप्ताभन्दा बढी समयदेखि विद्यालय बन्द गरेका थिए। सोमबारको सहमतिपछि विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्।समितिले कार्यविधि निर्माणमा पहल गर्दै तोकिएको समयभित्र समाधान ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।