Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१३ गते जनकपुरधाम

जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ।

पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० लाख रुपैयाँ बजेटमा यो परियोजना सञ्चालन गरिएको छ।

मिथिला पेन्टिङका चित्रकार एससी सुमनका अनुसार पुराना पौराणिक थिम र समसामयिक विषय समेटेर पेन्टिङहरू तयार भइरहेका छन्। जनकपुरका स्थानीय कलाकारले यस पर्खाललाई सांस्कृतिक पहिचानको माध्यम बनाउन योगदान गरिरहेका छन्।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *