Skip to main content

सामाजिक फीड-
१३ गते जनकपुरधाम

दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो।

इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा २८.६ सेन्टिमिटर हिउँ परेको थियो।

मौसम विभागका अनुसार शुक्रबारसम्म देशका विभिन्न भागमा हिउँ पर्ने सम्भावना छ। भारी हिमपातका कारण दर्जनौँ उडानहरू र ‘फेरी’ सेवा बन्द गरिएको छ। अत्यधिक चिसोका कारण कम्तीमा चारजनाको मृत्यु भएको योन्हाप न्युज एजेन्सीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *