Samajik Feed – News Portal from Nepal

नेपाल-चीनबीच ९ समझदारी पत्रमा हस्ताक्षर

सामाजिक फीड-१८ गते जनकपुरधाम नेपाल र चीनबीच मंगलबार ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चीनका विदेश मन्त्रालयका प्रतिनिधिहरूले ती समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालका अनुसार दुई प्रधानमन्त्रीहरूबीच सौहार्दपूर्ण छलफलपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रहरूमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी […]

सीताराम विवाहपञ्चमी र बाराको गढी माई मेलाका लागि विशेष सुरक्षा बैठक सम्पन्न

सामाजिक फीड-१८ गते जनकपुरधाम मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सव र बाराको गढी माई मेलालाई केन्द्रमा राखी प्रदेशस्तरीय विशेष सुरक्षा बैठक सम्पन्न गरेको छ। सोमबार जनकपुरधाममा आयोजित बैठकमा विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषयमा छलफल भएको छ। पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने भएकाले यसपटक थप […]

सिरहामा मदिरा तस्करद्वारा सशस्त्र प्रहरी निरीक्षकको हत्या, दुई पक्राउ

सामाजिक फीड-१८ गते जनकपुरधाम सिरहामा मदिरा तस्करद्वारा गाडीले ठक्कर दिई हत्या गरिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान सिरहा प्रहरीको नियन्त्रणमा परेका दुई व्यक्तिमाथि आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार घटनामा संलग्न गाडी र व्यक्तिहरूको पहिचान गर्ने काम […]

सन् २०२४ मा ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग हुँदै १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशतले वृद्धि भए पनि सन् २०१९ को महामारीपूर्वको स्तरमा भने पुग्न सकेको छैन। लक्ष्य प्राप्तिमा चुनौती सन् २०२४ मा १३ […]

सिरहाको मिर्चैयामा खाल्डोमा डुबेर महिलाको मृत्यु, स्थानीयको आक्रोश

सामाजिक फीड-१६ गते जनकपुरधाम सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीया रोजिनादेवी महतो आइतबार बिहान पौने ९ बजे उक्त खाल्डोमा चिप्लिएर खसेपछि मृत्यु भएको हो। स्थानीयका अनुसार, रोजिनादेवी हातेकलमा पानी लिएर फर्किने क्रममा खाल्डोमा खसेकी थिइन्। पानीमा डुबिरहेको देखेपछि उनलाई मिर्चैया […]

विवाहपञ्चमी: जनकपुरधाममा सांस्कृतिक र धार्मिक उत्सवको उमंग

रजत कर्ण l विवाहपञ्चमी महोत्सवको समयमा जनकपुरधाममा केही विशेष परम्पराहरू छन्, जसले यो उत्सवलाई अन्य क्षेत्रका पर्वभन्दा फरक र अद्वितीय बनाउँछ । अहिले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक मानिने विवाहपञ्चमी महोत्सवको क्रममा जनकपुरधाममा विशेष उत्साह र उमंग छाएको छ। सीता र रामको पवित्र विवाहको सम्झनामा मनाइने यो महोत्सव स्थानीयवासीहरू, श्रद्धालु र पर्यटकहरूको ठूलो […]

गौरमा मोबाइल चोरी गर्दै दुई जना रंगेहात पक्राउ

सामाजिक फीड-१४ गते जनकपुरधाम रौतहटको गौरमा दुईवटा मोबाइल पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरी टोलीले चोरीकै क्रममा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा राजदेवी नगरपालिका–९ ब्रहमापुरीका १९ वर्षीय शिवजी मण्डल र १८ वर्षीय नीरज मण्डल रहेका छन्। चौधरी मार्केटस्थित नेशनल मोबाइल पसल र गौर इन्टरप्राइजेजको ताल्चा फुटाएर १९ वटा मोबाइल चोरी गरेका […]

रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

सामाजिक फीड-१३ गते जनकपुरधाम पाँच महिना अघि गोली प्रहार गरी हत्या गरिएको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अभियुक्त सुरेन्द्र कुशवाहा आदर्श कोतवाल नगरपालिका वडा नम्बर-२ स्थित आफ्नो घरबाट फर्कने क्रममा गोली प्रहार गरी हत्यामा संलग्न थिए। घटनापछि फरार रहेका कुशवाहालाई बारा […]

जनकपुरको पुरानो पर्खालमा सांस्कृतिक रङहरू

सामाजिक फीड-१३ गते जनकपुरधाम जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ। पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० […]

दक्षिण कोरियाको सोलमा इतिहासकै तेस्रो भारी हिमपात

सामाजिक फीड-१३ गते जनकपुरधाम दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो। इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा […]