Skip to main content

सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम

मधेश प्रदेश सरकारले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। सुर्खेतमा २३ चैतदेखि सुरु हुने प्रतियोगितामा सहभागी खेलाडी छनोट तथा सहभागिता रणनीतिमा काम भइरहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशभरिबाट ५ हजारभन्दा बढी खेलाडीको आवेदन परेपनि ६५० खेलाडी मात्र छनोट गरिनेछ। खेलकुद विज्ञ, प्रशिक्षक तथा खेलाडीसँग छलफल गरी छनोट प्रक्रिया अगाडि बढाइएको छ।

नवौँ राष्ट्रिय खेलकुदमा मधेश प्रदेशले २६ खेलमा मात्र भाग लिएको थियो। तर, यसपटक सबै खेलमा सहभागिता जनाउने लक्ष्यसहित तयारी भइरहेको मन्त्री प्रमोद जयसवालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *