सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। नेपाल चेम्बर एक्स्पोको उद्घाटन गर्दै उनले देशको विकासमा आईटीको भूमिकाबारे जोड दिए।
उनले नेपालले तीव्र आर्थिक तथा विकास गतिविधि अघि बढाइरहेको भन्दै आईटी क्षेत्र पनि उल्लेखनीय रूपमा विस्तार भइरहेको बताए। अस्थिर राजनीतिक अवस्थाका कारण केही अवरोध आए पनि हाल विकास निर्माणले गति लिएको उनले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउने सरकारको योजना रहेको बताए। देशको अर्थतन्त्र, व्यापार, उद्योग तथा उत्पादनमा परेका असरलाई समायोजन गर्दै नेपाललाई २०२६ सम्म मध्यम-आय भएको राष्ट्रमा पुर्याउने लक्ष्य सरकारले राखेको उनले स्पष्ट गरे। पूर्वाधार विकासबिना समृद्धि सम्भव नभएकाले सरकारले आवश्यक कदम चालिरहेको उनले बताए।