Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम
, माघ १६ गते

सरकारले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।

गृहमन्त्री रमेश लेखकले गत मंगलबार विधेयक संसद्मा दर्ता गराएका हुन्। यस विधेयकमा ३० वर्षे सेवा अवधि हटाइएकै छ। साथै, प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन दिन सकिने उमेर सीमा २१-२७ वर्ष पुर्‍याइएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) को अवकाश उमेर ६० वर्ष पुर्‍याइनेछ भने एआईजी र डीआईजीको उमेर हद ५९ वर्ष बनाइनेछ। एसएसपी र एसपीको उमेर हद ५८, डीएसपी र इन्स्पेक्टरको ५७, तथा प्रहरी जवानको ५१ वर्ष पुर्‍याइएको छ।

बढुवा प्रणालीमा व्यापक सुधार गरिएको छ। बढुवा समितिले दिने अंक ७.५ बाट ३ मा झारिएको छ भने कार्यसम्पादन मूल्यांकनका लागि ५० अंक छुट्याइएको छ। ज्येष्ठता आधारमा २७ अंक तोकिएको छ।

राजनीतिक हस्तक्षेपको विषयमा कुनै औपचारिक प्रतिक्रिया आइनसकेको भए पनि प्रहरी संगठनमा यस विधेयकले प्रभाव पार्ने अनुमान गरिएको छ। प्रहरी संगठन सधैं राजनीतिक प्रभावबाट मुक्त हुन नसकेको इतिहासलाई हेर्दा यो विधेयक कार्यान्वयनमा चुनौतीहरू रहन सक्ने विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *