Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको गोरखपुर जाने भएका छन्। हाल भैरहवामा रहेका शाह बिहीबार गोरखनाथ मन्दिरमा विशेष पूजा गर्न प्रस्थान गर्नेछन्।

पूर्वराजाका संवाद सचिव फणीराज पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नेछन्।

गोरखनाथ मन्दिरमा पूर्वराजाले परम्पराअनुसार खिचडी चढाउने कार्यक्रम रहेको छ। सोही धार्मिक परम्परालाई निरन्तरता दिँदै उनले यसपालि पनि पूजाअर्चना गर्न लागेका हुन्।

यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि गोरखनाथ मन्दिरमा उपस्थित हुने अपेक्षा गरिएको छ। पूर्वराजाको गोरखपुर भ्रमणलाई धार्मिक तथा सौहार्दपूर्ण सन्दर्भमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *