Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १६ गते – जनकपुरधाम

जनकपुरधामबाट मिथिलाबिहारी नगरपालिकाको तारापट्टीतर्फ विद्यार्थी लिन जाँदै गरेको एजुकेशन प्वान्ट स्कूलको बस बुधबार बिहान दुर्घटनामा परेको छ। बाक्लो हुस्सु र तीव्र गतिका कारण बस सडकबाट अनियन्त्रित भई खेतमा पल्टिएको स्थानीयले बताएका छन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुण बहादुर सिंहका अनुसार दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था मध्यम छ भने बाँकी तीनलाई सामान्य चोटपटक लागेको छ।

बस चालकले बाक्लो हुस्सुमा पनि तीव्र गतिमा बस चलाएपछि दुर्घटना भएको स्थानीयको भनाइ छ। विद्यार्थीहरूलाई तत्काल जनकपुरस्थित अस्पतालमा उपचारका लागि पुर्याइएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *