Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १६ गते – जनकपुरधाम

प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालबाट ५० लाखभन्दा बढी श्रद्धालु सहभागी भएका छन्।

जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली तीर्थयात्रीहरूका लागि विशेष खालसा निर्माण गरिएको छ। धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजले नेपाली तथा भारतीय तीर्थयात्राका लागि विशेष बसोबास तथा खानपानको सुविधा उपलब्ध गराएका छन्।

नेपाल-भारत खुला सिमा संवाद समूहका अध्यक्ष डा. राजीव झासहित उनका परिवारका सदस्यहरू महाकुम्भमा सहभागी भएका छन्। उनले नेपाललाई धार्मिक पर्यटन हब बनाउन खुला सिमानाको महत्त्व र नेपालमा पर्यटकमैत्री नीति आवश्यक रहेको बताए। नेपाली तीर्थयात्रीहरूले भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहारको प्रशंसा गरे। धार्मिक पर्वहरूको प्रचार-प्रसारले नेपालमा पर्यटन प्रवर्द्धन र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सक्ने धारणा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *