Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १६ गते – जनकपुरधाम

सञ्चारिका समूह नेपालले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति कार्यान्वयनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ।

महिला पत्रकारको समानता, सशक्तीकरण तथा कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माणको माग राख्दै समूहले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। यसमा महिला हिंसा न्यूनीकरण, समान ज्याला, तालिमको व्यवस्था, महिला पत्रकारका लागि स्थिर रोजगारी, स्वास्थ्य बीमा तथा तलबी बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार महिला पत्रकारको हकहितप्रति प्रतिबद्ध रहेको बताउँदै जेसी नीतिको कार्यान्वयनका लागि आवश्यक पहल गरिने आश्वासन दिए। साथै, प्रदेशमै पत्रकारिता अध्ययनलाई प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको उल्लेख गरे। सञ्चारिका समूहले महिला पत्रकारको सुरक्षा तथा सहभागिता बढाउन प्रदेश सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *