नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई महिला पक्राउ
सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् । काठमाडौं महानगरपालिका-७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई […]
भक्तपुरमा इन्जिनियर मृत फेला
समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा ५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका डिएसपी प्रेमसागर केसीले बताए। पोखरेल झुण्डिएको […]
काकाको हत्या गरेको अभियोगमा पक्राउ
समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । सल्यानको शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डन राज बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज […]
पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका
समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ । मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ । अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध […]
सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिदै छ । सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथीको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लागिन लागेको […]
आज २५६८औं बुद्ध जयन्ती मनाइदै
समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने […]
मधेस प्रदेशमा बढदै लुटपाटको घटना
सामाजिक फीडजनकपुरधाम, जेष्ठ ९ गते । मधेस प्रदेशका जिल्लाहरुमा दिनदहाडै हुने लुटपाटको घटनामा वृद्धि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार लुटपाटका घटनाहरु छुट्टै […]
कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी
सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ। धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए। सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सिरोहिया अध्यक्ष […]
धनुषाबाट चार जना किशोर किशोरीको उद्धार
सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश […]
गाजामा तीन इजरायली बन्धकहरूको शव फेला
सामाजिक फीडजनकपुरधाम , जेष्ठ ६ गते । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो। तीनै जनाको पहिचान समेत खुलेको छ। आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र […]