Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।

रौतहटको गौर नगरपालिकास्थित पावर हाउस नजिक आज यात्रुवाहक बस दुर्घटना भएको छ। गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको हो।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने ठोक्किएको पोल ढलेको छ। बसमा सवार सबै यात्रु सुरक्षित रहेका छन्, यद्यपि केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ।

घटनालगत्तै स्थानीय बासिन्दा तथा नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। बसमाथि बिजुलीको तार खस्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गरिएको थियो।

प्रारम्भिक अनुमानअनुसार तीव्र गतिको कारण बस अनियन्त्रित भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *