महोत्तरीमा ३७ मतदानकेन्द्र थपियो

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार चारवटा निर्वाचन क्षेत्रमा २५८ वटा मतदानस्थल तोकिएको हो । निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको हो […]
कांग्रेस नेता विमलेन्द्र निधिलाई पार्टीकै कार्यकर्ताले घेरेर पार्टी कार्यालयमा गरे नाराबाजी

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताहरुले घेरेर नारावाजी गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा रहेका कार्यकर्ताले पूर्वउपसभापति समेत रहेका निधिले विशेष महाधिवेशनलाई अवरोध गरेको भन्दै खनिएका हुन् । त्यसपछि नेता निधिसमेत उनीहरूको प्रतिवादमा उत्रिएका थिए । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाँदै गरेका […]
सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ जनकपुरधाम । सवारीसाधनको दुरुपयोग बढेपछि रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । सोमबार चेकजाँचको पहिलो दिन शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कागजपत्र नभएका ४ वटा […]
पूर्व मन्त्री उमेश यादवले गरे जसपा नेपालमा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादवले जनता सामाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी घर भएका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका उनी पूर्वलडाकु हुन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र […]
नुतन झा बनिन मधेश प्रदेशकी एक्ली महिला निर्वाचन अधिकृत

सामाजिक फीड-जनकपुरधाम, पुस २१ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत निुक्त भएका छन् । निर्वाचन आयोगले मधेस प्रदेशमा रहेको ३२ वटा निर्वाचन क्षेत्रसहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत नियुक्त गरेको हो । जसमा मधेस प्रदेशमा एक जना महिला मात्र निर्वाचन अधिकृतमा नियुक्त […]
दुर्घटनाले खोल्यो गाँजा ओसारपसार,फरार चालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २१ गते । सर्लाहीको कौडेना गाउँपालिका-३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। उक्त दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल ठोक्किँदा बीआर ३० एफ १४६९ […]
सामुदायिक विद्यालयबारे सबभन्दा बढी गुनासो मधेश प्रदेशबाट आउँछ : शिक्षा मन्त्री पुन

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले मधेश प्रदेशका सामुदायिक विद्यालय, शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट सबैभन्दा बढी गुनासो आउने गरेको बताएका छन्। साक्षर मधेश प्रदेश घोषणा तयारीसम्बन्धी एकदिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले सातवटा प्रदेशमध्ये आधाभन्दा बढी गुनासो मधेश प्रदेशकै सामुदायिक विद्यालयसम्बन्धी आउने गरेको जानकारी दिए। उनका अनुसार विद्यालय […]
राजनीतिक दलमा लागेका चुनावी मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ: महासेठ

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलमा आवद्ध मन्त्रीहरूलाई प्रधानमन्त्री शुशिला कार्कीले बर्खास्त गर्नुपर्ने बताएका छन्। आइतबार जनकपुरधाम स्थित आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले अहिलेको सरकार चुनावी सरकार मात्र भएकाले राजनीतिक दलमा सक्रिय मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने बताए। उनीहरूले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ। […]
श्रोत नखुलेको १० लाख रकमसहित जनकपुरबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । स्रोत नखुलेको १० लाख भन्दा बढी रुपैयाँसहित जनकपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका–४ का स्थायी बासिन्दा ३५ वर्षीय रंजित कुमार साह छन् । उनी जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार स्थित किरणदेवी ठाकुरको घरमा डेरा गरी बस्दै आएको धनुषा प्रहरीले जनाएको छ । जल्ला […]
बिहेको प्रलोभन दिएर बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सप्तरीमा बिहेको प्रलोभन देखाएर एक नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेका छन् । राजविराज नगरपालिकाकी १२ वर्षीया बालिका र १७ वर्षका बालकबीच तीनरचार महिनाअघि चिनजान भएकोमा बालकले शनिबार साँझ बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । नाबालिकाले बिहेको प्रलोभन देखाई बलात्कार गरेको विषयमा परिवारजनलाई जानकारी गराएपछि […]