Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २३  गते ।

सहयात्री दलहरु बिच्किएपछी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ । जनमत पार्टीपछि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि तयारी गरेपछि सरकार संकटमा परेको हो ।

यादव नेतृत्वको सरकारमा कांग्रेसका २२, जसपा नेपालका १८ र लोसपाका गरी २६, जनमतका १२, नेकपाका १५ र एमालेका २४ सांसदको समर्थन रहेको थियो । यद्यपि एमाले बाहेक अन्य सबै दल सरकारमै सहभागी थिए । हाल प्रदेश सभामा १०१ सदस्य कायम छन् । बहुमतका लागि ५१ जना चाहिन्छ ।
मधेशमा कांग्रेसका कृष्ण यादव नेतृत्वको सरकारको कामकारबाहीको असन्तुष्टि समर्थन फिर्ता लिइसकेको दल जनमतमा मात्रै छैन, उसको आफ्नै दल र गठबन्धनभित्रका दलहरू भित्रै पनि असन्तुष्ट छन् ।

मधेश सरकारका योजना कार्यान्वयन, उपभोक्ता समितिको चिठी वितरणलगायतका विषयमा दलहरूभित्र खटपट चल्दै आएको छ ।
आफ्नै पार्टीका मन्त्रीहरूसमेत पार्टीको भावना अनुसार नचलेको सांसदहरूको गुनासो सुनिन्छ । यी कारणले पछिल्ला केही समयदेखि यो सरकारको विकल्पमा नयाँ समीकरण बनाउने प्रयासमा मधेशकेन्द्रित दल जसपा नेपाल र जसपासँग एकता गरेको लोसपा नेपाल र जनमत पार्टी आन्तरिक विमर्श गर्दैछन् ।

यसरी अन्य दलगरुले सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरिरहँदा यादव अल्पमतमा पर्ने भएका छन् । अर्कोतर्फ भने प्रदेशमा एमाले सहितको समर्थनमा मधेशवादी दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जसपाको नेतृत्वमा जनमत, लोसपा र एमाले सहितका दलहरूले नंया सरकार गठनको आन्तरिक तयारी गरिरहेको छ । यो जसपा नेपालकै जोडबलमा भइरहेको बताइन्छ । जनमतले समर्थन फिर्ता लिँदा अगामी ३० दिन भित्र सरकारले विश्वासको मत लिनु पर्ने र यो बीचमा अर्को गठबन्धन बनाएर नयाँ सरकार निर्माण गर्ने मधेश केन्द्रीत दलहरुको रणनीति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *