Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २३  गते ।

धनुषामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई जन्मकैदको फैसला भएको छ । मिथिला बिहारी नगरपालिका-१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

न्यायाधीश कपिलमणि गौतमको इजलासले सुनाएको उक्त फैसलामा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ।
२०७८ फागुन २८ गते मण्डलले ती बालिकालाई बलात्कार गरेको अदालते ठहर गरेको छ ।

मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पुर्‍याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए। १० वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको ठहर भए जन्मकैदको सजाय सुनाउने कानून रहेको छ ।
मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाक्रम, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणका आधारमा कसुर प्रमाणित भएको अदालतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *