Samajik Feed – News Portal from Nepal

विद्यालय जान निस्किएका १२ वर्षीय बालक सात दिनदेखि बेपत्ता

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन्। गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्। विद्यालय समय […]

मधेश प्रदेशका सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव, कुकुरले टोकेका बिरामी बिचल्लीमा

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेशका सबै सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ । यसले कुकुरले टोकेका बिरामी कि त धेरै महँगो उपचार गराउनु परेको छ कि त नसक्नेले उपचारबाटै वञ्चित हुनु परेको छ । मधेश प्रदेशमा विगत चार महिनादेखि सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन् । सरकारले मधेश प्रदेशका ४४ […]

सुत्केरी महिलाको मृत्युपछि जनकपुरधाम प्रादेशिक अस्पतालमा छानबिन समिति गठन

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा २६ वर्षीया सुत्केरी अन्जिना यादवको मृत्यु भएपछि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा बसेको बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने निर्णय गरेको हो। अन्जिनाका पति राधेश्याम यादवले शल्यक्रियामा […]

अहिलेसम्म खुलेन बर्दिवास-सिन्धुली सडकखण्डको चक्काजाम, सरकारी गाडी जलाइयो

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । महोत्तरीमा वन क्षेत्रमा रहेको अवैध वस्तीमा डोजर चलाउने तयारीपछि आन्दोलनमा उत्रिएका स्थानीयले कालापानी क्षेत्रमा सोमबार साँझ पाँचबजेदेखि गरेको चक्काजामले अहिलेसम्म यातायात अवरुद्ध छ। डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै राजमार्ग अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्। राजमार्ग बन्द हुँदा […]

मधेशका आधाभन्दा धेरै किसान आकाशे पानीको सिँचाइको भरमा, धेरैजसो बोरिङ प्रयोगबिहीन

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेश सरकारले सिँचाइ क्षेत्रमा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च गरिरहेको दाबी गरे पनि प्रदेशका आधाभन्दा बढी किसान अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य रहेको पाइएको छ । सरकारको तथ्यांकअनुसार प्रदेशभर करिब ६ लाख २ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ४९ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ भने बाँकी […]

समर्थन फिर्ता लिने चेतावनीपछि झुके मुख्यमन्त्री यादव, नेकपालाई अर्थ मन्त्रालय दिएर आज मन्त्त्रीपरिषद विस्तार गर्दै

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बार्गेनिङले ढिलाइ भएको मन्त्रीपरिषद विस्तार आज हुने भएको छ । सत्तारुढ तीन दलबीच भएको सहमति कार्यन्वयन र नेकपालाई अर्थ सहितको मन्त्रालय दिने सहमति पछि आज मन्त्रीपरिषद विस्तार हुन लागेको हो । तीनदलबीच सोमबार भएको १३ बुंदे सहमतिमा हस्ताक्षरपछि आज दिउँसो २ बजे एमालेबाट […]

धनुषा, महोत्तरी र सर्लाहीमा चार लेन सडक विस्तार सुस्त गतिमा, अहिलेसम्म कति पुल र कलभर्ट निर्माण भयो ?

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । धनुषा, महोत्तरी र सर्लाही खण्डमा महेन्द्र राजमार्गलाई चार लेनमा विस्तार गर्ने कामको गति सुस्त देखिएको छ । कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म कुल २४.१५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जबकी विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम […]

नेकपाको झमेलापछि मधेशमा रोकियो मन्त्रीपरिषद् विस्तार, एमालेबाट यी सांसदहरु बन्दैछन् मन्त्री

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीको बार्गेनिङले मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतवारै नेकपा एमालेबाट थप तीनजना मन्त्री नियुक्त गरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि अन्तिम समयमा रोकिएको थियो । नेकपाले जसरी पनि अर्थ मन्त्रालय नछोड्ने र नपाएको अवस्थामा सरकारलाई दिएको समर्थन नै फिर्ता लिने चेतावनी सहित […]

कालिन्जोरखोलामा सम्झौताभन्दा बढी उत्खनन, ठेकेदार कम्पनीलाई जरिबाना

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित रानीगन्जको कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । अनियन्त्रित उत्खनन भइरहेको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि लालबन्दी नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । जाँचका क्रममा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी र बालुवा उत्खनन गरिएको […]

मधेश सरकारले मापदण्डको धज्जी उडाउँदै ३३ करोडभन्दा बढी रकम मन्दिर, मस्जिदमा खर्चियो

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । मापदण्ड विपरित मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा ३३ करोडभन्दा बढी रकम खर्च गरेर निर्माण कार्य गरेको पाइएको छ । महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदनले प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले पुरातात्त्विक र ऐतिहासिक परम्परागत निर्माणका मापदण्ड विपरीत मधेस प्रदेशका विभिन्न स्थानमा उक्त रकम खर्च गरेको हो । आर्थिक वर्ष २०८१.८२ […]