Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार १२  गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट मधेश प्रदेशबाट १२ जना नेता मात्रै केन्द्रिय सदस्यमा जित्न सफल भएका छन् । तीमध्ये एकजना मात्रै खुलातर्फबाट विजयी भएका छन । बाँकी सदस्यहरु भुगोलतर्फ प्रादेशिक क्लस्टर, समावेशी मधेशी क्लस्टर, मुस्लिम तथा राष्ट्रिय खुला समूहबाट गरी पार्टीको नयाँ केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

९९ जना केन्द्रिय सदस्यका लागि बिहीवार चुनाव भएको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रादेशिक मधेश क्लस्टरबाट सुस्मा बस्नेत सर्वाधिक मतसहित निर्वाचित भएकी छन्। यसै क्लस्टरबाट सुनिता कुमारी चौधरी, नमिता यादव , मञ्जु सिंह र अंकित कुमार यादव पनि केन्द्रीय सदस्यमा विजयी भएका छन्।

समावेशी मधेशी क्लस्टरतर्फ बब्लु गुप्ता मतसहित अग्रस्थानमा रहँदै निर्वाचित भएका छन्। उनीसँगै जुली यादव, कामिनी कुमारी चौधरी, अरविन्द साह र दिपक कुमार साह पनि केन्द्रीय सदस्यमा चयन भएका छन्। त्यसैगरि मुस्लिम कलष्टरतर्फ रहबर अन्सारी समेत विजयी भएका छन । यसका अतिरिक्त राष्ट्रिय खुला समूहबाट मधेशी समुदायबाट चर्चित नेता मनिष झा मात्रै विजयी भएका छन । खुला समूहमा उनले उल्लेखनीय मत प्राप्त गर्दै पार्टीको नयाँ नेतृत्वमा स्थान सुरक्षित गरेका हुन्।

रास्वपाले पहिलोपटक पूर्ण रूपमा प्रविधिमैत्री निर्वाचन प्रणालीमार्फत केन्द्रीय समिति चयन गरेको हो। महाधिवेशन स्थलमा इलेक्ट्रोनिक भोटिङ मेसिन र विदेशमा रहेका प्रतिनिधिका लागि अनलाइन मतदान प्रणाली प्रयोग गरिएको थियो। देशभित्र र प्रवासबाट प्राप्त मतलाई एकीकृत गरी अन्तिम मतपरिणाम सार्वजनिक गरिएको निर्वाचन आयोगले जनाएको छ। नयाँ नेतृत्वले मधेशका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई पार्टीको केन्द्रीय एजेन्डामा कसरी समेट्छ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *