सात सय छठ ब्रतालुलाई वडा अध्यक्षले बाँडे सारी

महोत्तरी , कार्तिक २१ गते । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहणी महिलाहरुलाई सारी वितरण गरेका हुन् । महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नँया र सफा कपडा लगाउनु पर्ने हुँदा सवै जनाले खरिद गरेर […]
सिरहाबाट ठगी आरोपमा मलेसियन नागरिकसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । सिरहा प्रहरीले वैदेशिक रोजगारीमा पठाउने निहुँमा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह र सिरहाको लहान नगरपालिका-२३ निवासी ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेको प्रहरीले जनाएको […]
इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर राजविराजमा अलपत्र

रासस-सप्तरी, कार्तिक १२ गते । सप्तरीको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् । भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । […]
जनकपुरबाट दुई क्वीन्टलबढी गाँजासहित चालक पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ११ गते । जनकपुरधाममा दुई सय २१ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार साँझ बाबा आयलस सेन्टर नजिक उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ना. ५ ख १७७ नम्बरको मिनी ट्रकको तल फल्स बटन बनाएर १६ वटा पोकामा लुकाएर […]
मिर्चैयाको नालामा एक युवक मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । सिरहाको मिर्चैयामा निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामती मृत फेला परेका हुन् । मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा शुक्रबार उनको शव फेला परेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि […]
जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । जनकपुरधाम, कात्तिक ७ – जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन्। जनकपुरधाम–९, थापाचोकका कौशल किशोर साह कर तिर्न जाँदा नगरप्रहरी नितीश रायले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन्। पीडित साहले नगरप्रहरीले आफूलाई कोठामा लगेर ढोकाको चुक्कु लगाई हात, मुक्का प्रयोग गरी गाला, टाउको, […]
चारदिनदेखि बेपत्ता युवक बारामा मृत फेला

सामाजिक फीडजनकपुरधाम, कार्तिक १ गते । चार दिनदेखि बेपत्ता रहेका वीरगन्जका एक पुरुष बारामा मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार गण्डक नहरको किनारमा मृत भेटिएका हुन् । बाराको प्रसौनी गाउँपालिकास्थित नहर किनारमा उनको शव भेटिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरेका छन्। सोनार असोज २७ गतेदेखि […]
जनकपुरधाममा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदै, जानकी मन्दिरमा पुरानो परम्परागत ‘भार’ चढाइयो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते। जनकपुरधामसहित मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रूपमा मनाइँदै छ। यो पर्वमा धार्मिक र सांस्कृतिक परम्पराहरूलाई विशेष महत्व दिइन्छ। महोत्तरीको रतौलीबाट जानकी मन्दिरसम्म १ सय १ भार (धार्मिक सामग्री) ल्याउने पुरानो परम्परा यस वर्ष पनि निरन्तरता दिइएको छ। यो भारमा भगवान सीतारामका लागि पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारी, र […]
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

रासस-महोत्तरी, असोज ३० गते । मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई […]
जनकपुरधामको शक्तिपीठहरुमा खोइँच भर्ने श्रद्धालुको भीड

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । बडाँ दसैँको सतमीको अवसरमा अवसरमा विभिन्न शक्तिपीठमा आज बिहानैदेखि खोइँच भराई तथा लड्डु चढाउने कार्यक्रम चलिरहेको छ । खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, रामानन्दचोकमा दुर्गापूजा स्थान, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको […]