Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख १७ गते ।

जनकपुरमा गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

बालेन्द्र नेतृत्वको सरकारले अन्याय गरिरहेको भन्दै उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन् । सरकारले डोजर आतंक बढाएको भन्दै उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा समेत मागेका छन् ।

बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा अतिक्रमित गरी बनाइएका घर टहराहरू भत्काउने हल्ला चलेपछि गुठी,ं कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानर बोकेर उनीहरू सडकमा उत्रेका हुन् ।

आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने प्रदर्शनकारीको माग छ ।
सुकुमवासीलाई व्यवस्थापन नगरिकन डोजर आतंक मच्चाउन नहुने उनीहरुको भनाई छ ।

जनकपुरधाममा गुठीको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको २०६२ सालमा गठन भएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *