Samajik Feed – News Portal from Nepal

सर्लाहीबाट ४ राउन्ड गोली सहित दुई जना पक्राउ

समाजिक फीडजनकपुरधाम फागुन २७ गते। प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् । अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई […]

गोलबजारको होटेल भित्रै एक महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । सिराहाको गोलबजारमा होटेल संचालिका एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ की ३५ वर्षीया अनिता कुमारी साहको गएराति हत्या भएको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे राति अनिता घरभित्रै मृत फेला परेको सिरहाका […]

रौतहटमा नाचे हिन्दी फिल्मका सुपरस्टार गोबिन्दा, रमाए दर्शक

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । रौतहटको मौलापुरमा शुक्रबार सुरु भएको मधानी महोत्सव उदघाटनमा बलिउड अभिनेता गोबिन्दा सहभागी भएका छन् । महोत्सवको उदघाटनमा भारतीय फिल्मी क्षेत्रका सुपरस्टर गोविन्दा आएपछि दर्शकको भीड लागेको थियो । उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका थिए । कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका […]

मधेस प्रदेश : चोरीको ट्रकसहित चालक, सहचालक प्रहरीको नियन्त्रणमा

सामाजिक फीड जनकपुरधाम , फागुन २४ गते । प्रहरीले सर्लाहीबाट चोरीको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला सर्लाही लालबन्दी(६ जनवादी चोकस्थित पूर्व(पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट चोरीको बिआर। ०६ जिए ५१८८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले ट्रकको कागजपत्र चेक गर्दा उक्त […]

बाराबाट नक्कली नोटसहित एक जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन २४ गते । प्रहरीले बाराबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । बारा, महागढीमाई नगरपालिका- ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम विनय सहनीलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका( ४ स्थित हरिहरपुरबाट सिम्रौनगढतर्फ आउदै गरेको बि आर ०५ जे २१८१ […]

भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ

सामाजिक फीडजनकपुरधाम,फागुन २३ गते । सर्लाही प्रहरीले भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी नाथा मधुवन वडा नं.१ बस्ने ट्रकका चालक २४ वर्षीय पप्पुकुमार यादव र सहचालक मधुवन २ का २४ वर्षीय कुन्दनप्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार राति करिब ११ […]

बोल्न नसक्ने बालिकामाथि बलात्कार, १२ वर्षीया बालिका गर्भवती

सामाजिक फीडजनकपुरधाम, फागुन २२ गते । सर्लाहीमा राम्रो सँग बोल्न नसक्ने १२ वर्षीया बालिकाको बलात्कार गरी गर्भवती बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका वडा नं। ८ का ३५ वर्षीय टेके सार्की रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बलात्कार गरी फरार रहेका आरोपित रम्तेललाई शनिबार दिउँसो ईश्वरपुर ८ स्थितबाट […]

मधेश प्रदेश : २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड जनकपुरधाम , फागुन २१ गते । बारा प्रहरीले २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफले बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा उनको साथबाट पाँच लाख रकम प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार उक्त रकम हुण्डी […]

महोत्तरीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु, ठक्कर दिने गाडी पनि दुर्घटनामा

समाजिक फीडजनकपुरधाम, फागुन २१ गते । महोत्तरीमा भारतीय टाटासुमोले टयाक्टरलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ । मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र […]

धनुषामा फेरि स्कुल बसको ठक्करबाट दुईजना गम्भीर

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । धनुषामा स्कुल बसको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज अपराहन्न साढे ४बजे बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन […]

error: Content is protected !!