Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, ३ मंसिर गते ।

नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवाहरू र प्रहरीबीच झडप भएको छ। बस्नेत आज बारामा हुने मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुने कार्यक्रम रहेपछि युवाहरूले विरोध गरेका थिए।

सिमरा विमानस्थल घेराबन्दी गर्न प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको र त्यही क्रममा दुबै पक्षबीच झडप भएको जनाइएको छ। अहिले विमानस्थल क्षेत्रमा जनपथ तथा सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।

नेता बस्नेतलाई स्वागत गर्न विमानस्थलमा उपस्थित पूर्वमन्त्री एवं एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेतालाई समेत प्रहरीले सुरक्षा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *