सामाजिक फीड-
जनकपुरधाम, मंसिर १ गते ।
सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका ६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनएको हो ।
गाँजा ल्याइँदै गरेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटेको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई समेत पक्राउ गरिएको हो ।
प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्वरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो । प्रहरीले अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद गरेको हो ।
अटोमा सवार श्रेष्ठ पक्राउ परेका छन् भने मोटरसाइकलमा रहेका मानिस फरार भएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको हो ।