Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक ३० गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ तोकिएको हो। आइतबार अन्तरिम आदेशसम्बन्धी छलफल केन्द्रित रहनेछ।

हालैका दिनमा राजनीतिक रूपमा अस्थिर देखिएको मधेश सरकारले सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले यादवलाई महोत्तरी–सिन्धुली सिमानास्थित बर्दिबास नगरपालिका-३ कालापानीको पानस होटलमा पुगेर मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। यही घटनापछि विवाद थप चर्किएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *