सामाजिक फीड-
जनकपुरधाम, ३ मंसिर गते ।
बारामा नेकपा एमालेसम्बद्ध युवा संगठनले आयोजना गर्न लागेको कार्यक्रममा महासचिव शंकर पोखरेल र महेश बस्नेत सहभागी हुने जानकारी सार्वजनिक भएपछि सिमरामा प्रदर्शन चर्किँदा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीले बाराको परवानीपुर गाउँपालिका-४, चैनपुरमा आयोजना गरेको ‘युवा जागरण अभियान’मा प्रमुख अतिथिका रूपमा पोखरेल र बस्नेत आउने भएपछि सिमरा क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन तीव्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले कफ्र्यू लगाएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रका अनुसार सिमरा विमानस्थल वरपर जेनजी युवाहरू र विभिन्न राजनीतिक समूहबीच झडप भएको, जसका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्ने जोखिम बढेपछि कफ्र्यू जारी गरिएको हो।
आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ का दफा ६९९क० र ९ख० अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाभित्र चारकिल्ला तय गरेर कफ्र्यू आदेश जारी गरिएको छ।
गण्डक नहरदेखि पथलैया सडक खण्डसम्म राजमार्गको दायाँ-बायाँ ५ सय मिटर क्षेत्र र सिमरा विमानस्थल आसपास ५ सय मिटरभित्र सबै प्रकारका आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा-बैठक निषेध गरिएको आदेशमा उल्लेख छ।
पोखरेल र बस्नेत आउने सूचना सार्वजनिक भएपछि चर्किएको विरोधसँगै सिमरा विमानस्थलमा तोडफोड समेत भएको प्रशासनले जनाएको छ।बारामा जेनजी युवा र एमालेका कार्यकर्ताबीच झडप हुँदा कफ्र्यू आदेश जारी ।