सामाजिक फीड
जनकपुरधाम, कार्तिक २८ गते ।
महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । भारतको बिहारको जिल्ला वैशाली पतेपुर वडा नं.५ बस्ने २७ वर्षीय गोबिन्द राम र २१ वर्षीय एकवाल मोहम्मदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टिकाराज बरालले बिहीबार साँझ साढे ४ बजेको समयमा औरही नगरपालिका १ औरही चोक स्थित बर्दिवास जलेश्वर सडक खण्डमा प्रहरी चौकी औरहीबाट खटेको पिकेट गस्ति र ट्राफिक प्रहरी समेतको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा १० केजी गाँजा बरामद गरेको बताए ।
बर्दिबासबाट औरही तर्फ जाँदै गरेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरी निरीक्षक बरालले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।