Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २ गते ।

महोत्तरीमा एकजना वृद्धको हत्या भएको छ ।

जलेश्वरको आगेपुरमा धारिलो हतियार प्रहार गरी ६० वर्षीय पुरुषको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जलेश्वर नगरपालिका–९ आगेपुरका ६० वर्षीया बेचन राइनलाई सोमबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

साँझ करिब ७ बजे राइनको हत्या भएको जानकारी आएपछि हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।

राइनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

लागुऔषध सेवन गरी अचेत अवस्थामा रहेका मण्डललाई सोमबार साँझ नै पक्राउ गरीएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *