सामाजिक फीड
जनकपुरधाम, कार्तिक ३० गते ।
मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सात दलीय गठबन्धनका सांसद आज पनि धर्ना बसेका छन् । मधेश भवन अगाडि बाटो छेकेर नेपाली काँग्रेससहित सात दलका सांसदहरु धर्नामा बसेका हुन् ।
शनिबार उनीहरु सभामुख रामन्चद्र मण्डलको कारबाहीको माग गर्दै प्रदेशसभाको चौरमा खुल्ला प्रदेशसभा बैठक बसेका थिए ।
गत कार्तिक २४ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा सपथ खुवाएपछि काँग्रेस सहितका सातदल क्र्द्ध छन् । निरन्तर आन्दोन तताइरहेका छन् ।
उनीहरु सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् भने मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि महाअभियोग दर्ता गराएका छन् ।