Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, ३ मंसिर गते ।

सिरहामा गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।
डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।

सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् ।

दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिए । दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।

डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *