रौतहटमा दुई मोटरसाइकल ठोक्किए, एक जनाकाे मृत्यु
सामाजिक फीड, राैतहट, १८ चैत । रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाबीचको सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा बौधिमाई–४ इनर्वारीका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ । गम्भीर घाइते पासवानको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने
सामाजिक फीड, राैतहट, १८ चैत्र । रौतहटको नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने भएको छ । एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । अधिवेशनअघि चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सचिवालय बैठकले […]
वीरगंजमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया नागरिक पक्राउ
बिरगञ्ज, चैत १७ । वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे । कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने दुई चिनिया […]
निजगढ विष्फोट घटनामा पक्राउ परेका पाँचजना धरौटीमा रिहा
सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषि देखिएका सबै जना धरौटीमा रिहा भएका छन्। अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका […]
सिरहाबाट सईईमा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ
सामाजिकफीडजनकपुरधाम, चैत १६ गते । सिरहमा एसईईमा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् । दोश्रो दिन शुक्रबार भएको नेपाली विषयको परीक्षामा नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका ५ का १६ वर्षीय अर्जुन महरा छन् । मिर्चैयानगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालय रामपुर बिर्ता परीक्षा केन्द्रमा जन सेवा माध्यमिक विद्यालय कर्जन्हाको सिम्बल नं ०१६०२०७३ (ई) को परीक्षार्थी […]
जनकपुरधाममा आजदेखि दोश्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु
सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । जनकपुरधाममा आजदेखि दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको रजौल स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु भएको हो । पहिलो खेलमा धनुषाले टस जितेर ब्याटिङ गरिरहेको छ भने सर्लाही फिल्डीङ्ग गरिरहेको छ । उपमहानगरको आयोजनामा सुरु भएको प्रतियोगितामा मधेस […]
प्राधिकरणले सडक वतिको महसुल नतिर्ने स्थानीय तहलाई दिए लाइन काट्ने चेतावनी
सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । नेपाल विद्युत प्राधिकरणले सडक बत्ती बाले वापतको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ। प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशन गरेर विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो। प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ […]
सप्तरीमा देवर र भाउजूको जबर्जस्ती बिहे गराएर गाउँ निकाला
टुडेपाटी-जनकपुरधाम, चैत १६ गते । सप्तरीको सुरुंगा नगरपालिकामा अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती गाउँलेले विवाह गराएर गउँ निकाला गरिएको छ । गत सोबार देवर भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले यस्तो निर्णय गरेका हुन् । सुरुंगा नगरपालिकामा ७ हरिपुरका ती भाउजू र देवरलाई अनैतिक सम्बन्धको आरोप लगाएर गत मंगलबार पूर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा पञ्चायतमा […]
घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ
सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । सिरहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका २ का ४९ वर्षीय विजय यादवलाई प्रहरीले घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा बुधबार अपराहन्न ४ बजे उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला […]
एसईईमा महोत्तरीका सामुदायिक विद्यालयबाट छात्रको तुलनामा छात्रा बढी
रासस-महोत्तरी, चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय […]